गण्डकीमा भौतिक पूर्वाधार मन्त्री बने दीपक मनाङे

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसद राजीव गुरुङ ‘दीपक मनाङ’लाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका छन्।

मन्त्री नियुक्तिसँगै आजै सपथ ग्रहणको तयारी गरिएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले बताए। मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएपछि मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए। उनले आइतबार मात्र आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न संसद सचिवालय गण्डकीमा निवेदन दिएका थिए। संघीय सरकारमा एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेस संसदीय दल नेता पाण्डेको नेतृत्वमा रहेको प्रदेश सरकार अल्पमतमा छ।

मुख्यमन्त्री पाण्डेले बहुमत पुर्‍याउन सांसद मनाङे, माओवादी केन्द्रको चुनाव चिन्हबाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र राप्रपाको समर्थन खोजेका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्