काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैँछ ।
गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजाेका लागि तय गरिएको बैठक स्थगित भए पछि शुक्रवारका लागि बाेलाइएकाे हाे । सो बैठक पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने जनाइएकाे छ ।
बैठकमा विधान अधिवेसनवाट अनुमोदन बिधान, पदाधिकारी र केन्द्रिय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिनेछ ।