देश समस्याग्रस्त छ, आउनुस् मिलेर समाधान गरौँ : केपी ओली

File Photo

काठमाडौं, ३० फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले देश समस्याग्रस्त रहेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले देश समस्याग्रस्त रहेकाले सबै मिलेर समाधान गर्नुपर्ने बताएका छन् ।

देशलाई आर्थिक उन्नतिमा लैजानुपर्ने भन्दै उनले सबै राजनीतिक दल मिलेर देशको विकास र समृद्धिमा लाग्नुपर्ने बताए ।

अघिल्लो वर्ष विश्वासको मत दिन हुने यस वर्ष दिन नहुने भन्ने हुँदैन भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन कांग्रेससँग आग्रह गरे ।

 

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत माग्ने प्रस्तावको समर्थन गर्दै उनले प्रचण्ड सरकारले देश र जनताका लागि काम गर्ने भएकालेृ विश्वासको मत दिन अन्य दलका सांसदहरुलाई आग्रह गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्