गठबन्धनको बैठक स्थगित, बालकोटमा एमाले सचिवालय बैठक जारी

काठमाडौँ – सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो ।

तर उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धनमा समस्या देखिएको भन्दै नेताहरु हिजोदेखि छलफलमा व्यस्त रहेका छन् ।

यता नेकपा (एमाले) को सचिवालय बैठक बालकोटमा बसिरहेको छ। बैठक अहिले बिहान ७ बजेदेखि सुरू भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आइतबार अबेर रातिसम्म छलफल भएको थियो। चार दलबीच संक्रमणकालीन न्याय, राष्ट्रिय सभाको अध्यक्षलगायतका विषयमा छलफल भएको बुझिएको छ।

त्यही छलफलमा भएको कुराकानी जानकारी गराउन अध्यक्ष ओलीले सचिवालयको बैठक डाकेको नेताहरूले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्