स्वयम्भुमा सशस्त्र प्रहरीका डीएसपी पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं – सार्वजनिक ठाउँमा महिलाको भिडियो बनाएको आरोपमा सशस्त्र प्रहरी बलका एक जना डीएसपी पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनी पोखरामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) तुलसिंह केसी पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतले जनाएको छ । उनले एवान रेष्टुरेन्टमा अनुमतिविना महिलाको भिडियो खिचेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । अभद्र व्यवहारको कसूरमा उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने प्रहरी तयारी छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्