दार्चुलाको तिंकर लगायतका उत्तरी नाकाहरु खोल्न सांसद बडूको सरकारसँग माग (भिडियो)

काठमाडौँ – नेपाली काँग्रेसका प्रभावशाली नेता एवं दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले कोभिड–१९ पछि उत्तरी नाका नखुलेका कारण सो क्षेत्रका जनताहरुको जनजीवन कष्टकर भएको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद बडूले कोभिड–१९ पछि उत्तरी नाका नखुलेका कारण सो क्षेत्रका जनताहरुको जनजीवन कष्टकर भएको बताउनुभएको हो । उत्तरी नाकाहरुमा व्यापार गरेर नै आफ्नो जीविकोपार्जन गरिरहेका जनताहरुकालागि यो अवस्था कहिलेसम्म रहने हो भनी सरकारलाई प्रश्न समेत गुर्नभएको छ । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको बेला दार्चुलाको उत्तरी नाका तिंकर लगायतका नाकाहरु खुल्ने भनिएपनि अहिले सम्म नखुलेको उहाँको भनाई थियो । उहाँले नाका खोल्न चीनसँग सहमती भएको हो की हैन ? भन्दै सरकारलाई प्रश्न समेत गर्नुभयो । सरकारले छिटोभन्दा छिटो तिंकर लगायतका नाकाहरु संचलनमा ल्याउन समेत बडूले सरकारसँग माग गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्