बालकुमारी घटनाको प्रतिवेदन बुझ्दैछु, आवश्यक कारबाही हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे प्रतिवेदन बुझेपछि आवश्यक कारबाही गर्ने बताएका छन्। आइतबार बालकुमारी घटनाबारे प्रतिनिधि सभामा उठेको प्रश्‍न सम्बन्धमा जवाफ दिँदै जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन आफूले अध्ययन गर्ने बताएका हुन्। शुक्रबार बालकुमारी घटना जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको थियो। उक्त प्रतिवेदन मन्त्री श्रेष्ठले आइतबार बस्ने मन्त्रिपरिषदको बैठकमा पेश गर्ने र त्यहाँ उक्त प्रतिवेदन आफूले बुझ्ने बताए।

‘छानबिन समितिले जो प्रतिवेदन ल्याएको छ। गृह मन्त्रालयमा समितिले प्रतिवेदन बुझाएको छ। र आज मैले बुझ्दैछु। प्रधानमन्त्रीको हैसियतले अहिलेसम्‍म मैले हेरेको छैन। मैले बुझ्दैछु। आजै क्याबिनेट छ,’ उनले भने, ‘सरकारले बनाएको छानबिन समितिले ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ। यो विश्वास म दिलाउन चाहान्छु।’

यस्तै उनले यस घटनापछि सरकारले गरेका कामबारे गलत सूचना प्रवहा भइरहेको पनि बताए। सरकारले उक्त घटनापछि घटनामा संलग्नहरूलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाएको पनि बताए। यसलाई सरकारले गम्भीर रूपमा लिएकै कारण संलग्नहरूलाई निलम्बन गरेको पनि बताए।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्