शिक्षा र स्वास्थ्यलाई निशुल्क गरि देशलाई भ्रष्टाचारमुक्त बनाउनु महासमितिको मुख्य एजेण्डा हुनुपर्छ : शेर्पा

काठमाडौँ – नेपाली काँग्रेसका महासमिति सदस्य निमा ग्याल्जेन शेर्पाले शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा निशुल्क गर्दै देशलाई भ्रष्टाचारमुक्त बनाउने विषयमा नेपाली काँग्रेसको महासमिति बैठक केन्द्रित हुनुपर्ने बताएका छन् ।

शिक्षा र स्वास्थ्य निशुल्क गरि देशलाई भ्रष्टाचार मुक्त बनाउन सके देश आफै समृद्धहुने उनको तर्क छ । महासमिति बैठकमा यी एजेण्डाहरुलाई उठाउन नसके बैठकको कुनै औचित्य नहुने उनले बताए । ‘फाल्गुन ७ गते बाट सुरु हुन लागेको महासमिति बैठकबाट नेपाली जनतामा स्वास्थ्य उपचार निःशुल्क, तथा शैक्षीक क्षेत्र को जुनसुकै विषयमा आफ्ना छोराछोरी लाइ अध्ययन गराउन अभिभाबकहरुले चिन्ता नगर्नु पर्ने गरी पुर्ण रुपमा निःशुल्क हुने गरि छलफल अगाडी बढाउनुपर्छ’ नेता शेर्पाले भने, ‘देशलाई भ्रष्टाचार मुक्त बनाउने विषयलाई जोडदार रुपमा बैठकमा उठाउनुपछृ, नत्र यो बैठक (महासमिति) को के औचित्य ?’

महासमिति बैठकको छलफलले नेपाली काँग्रसको पक्षमा जनतालाई ल्याउन सक्नु पर्छ । देशमा सरकार भएको आभास काँग्रेसले दिनुपर्ने पनि उनको भनाई छ । शेर्पा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष समेत हुन् । उनले गाउँपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको लागि उल्लेखनीय कामहरु गरेका छन् । जेष्ठनागरिकसँग डाक्टर जस्ता लोक प्रिय स्वास्थ्यका कार्यक्रमहरु संचालन गरेर अध्यक्ष शेर्पा आफैँ गाउ–गाउँमा पुग्ने गरेका छन् । निशुल्क एम्बुलेन्स सेवा, गर्भवतीलाई घरमै स्वास्थ्य सेवा जस्ता कार्यक्रमहरु शेर्पाले लागु गरेका छन् ।
उनले शिक्षामा सबैको सहज पहुँच हुनुपर्छ भनेर हेलम्बु नमुना विद्यालयको समेत स्थापना गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्