काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा आज गर्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा शंकर भण्डारीको संयोजकत्वमा आज महाअभियानको घोषणा हुन लागेको हो । अभियानका सहसंयोजक एवम् प्रवक्ता लोकेश ढकालका अनुसार शनिबार १२ः३० बजे काठमाडौंको थापागाउँ स्थित बानेश्वर बैंक्वेटमा घोषणसभा कार्यक्रम राखिएको छ ।