काठमाडौँ – नेपाल व्यापार संघको ३२ औँ बार्षिक साधारण सभा तथा बृहत रमाइलो बनभोज कार्यक्रम फागुन ५ गते भव्यताका साथ सम्पन्न हुने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य रामहरी खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य सोविता गौतमको विशेष आतिथ्यतामा कार्यक्रम आयोजना हुने नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले जानकारी दिनुभयो ।
काठमाडौँको नार्गाजुन नगरपालिकामा पर्ने स्वीटजरल्याण्ड पार्कमा उक्त कार्यक्रम हुने भएको छ । करिब १ हजार ५ सय जना सहभागी हुने उक्त बृहत बनभोज कार्यक्रमका साथै बार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न हुनेछ । जसको लागि तयारी अन्तिम चरणमा पुगेको आज बसेकाे कार्यसमिति बैठकले निष्कर्ष निकालेको छ ।
१०५ जना कार्यसमिति रहेको नेपाल व्यापार संघमा ५१ जना सल्लाहकार सदस्य, १२१ जना आजिवन सदस्य रहेका छन् । जसको नेतृत्व हाल गौतमले गरिरहनुभएको छ । २०४७ सालमा स्थापना भएको व्यापार संघ पछिल्लो समय चलयमान भएको छ । समय समयमा गोष्ठि, सेमिनार, बैठकको आयोजना गरि हरेक व्यवसायीको साथमा नेपाल व्यापार संघ रहेको छ ।
को हुन हरि गौतम ?
काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं. ५ मा बुवा पहल बहादुर र आमा नन्द माया गौतमको कोखबाट विक्रम संवत २०२८ सालमा जन्मिएका गौतमले एसएलसी प्रभा साधारण माध्यमिक विद्यालय चौरी कात्र्तिकेबाट गर्नुभयो । यसैगरी महेन्द्ररत्न क्याम्पस ताहाचलबाट बिए गरेका थिए । सिन्धुपाल्चोक हेलम्बुमा शिक्षण गर्नुभएका गौतमले २०४६ सालदेखि २०४९ सालसम्म काटेश्वरमा विद्यालय व्यवस्थापन समितिमा समेत काम गरेका थिए । थुप्रै सामाजिक संस्थामा समेत काम गरेका गौतम काठमाडौ कोटेश्वर सह युवाक्लबमा १० बर्ष अध्यक्ष समेत रहनुभएको छ । २७ बर्ष संघ बिताउनुभएका गौतम साधारण सदस्य, सल्लाहकार हुदैँ महासचिव धेरै समय रहनुभयो ।
विक्रम संवत २०५५ सालदेखि नेपाल व्यापार संघको साधारण सदस्य हुनुभएको हो । २०६० सालमा सल्लाहकार, २०६२ सालमा सचिव र २०६४ सालपछि २०७३ सालसम्म संघको महासचिव र २०७३ सालदेखि आजका मितिसम्म उपाध्यक्ष रहनुभएको हो । आफ्नो व्यक्तिगत व्यवसाय भन्दापनि समग्र व्यवसायीको हक हितका लागि कटिबद्ध रहदैँ आउनुभएका अध्यक्ष गौतमले कार्यभार सम्हालेदेखि नै नेपाल व्यापार संघलाई अझ चलायमान बनाउदैँ आउनुभएको छ ।
सामाजिक कार्यमा समेत योगदान
हरि गौतम केवल व्यवसायी मात्रै नभई उहाँ एक समाजसेवीको रुपमा समेत परिचित हुनुहुन्छ । व्यापार व्यवसायी गर्नेहरुको हक हितका लागि सशक्त रुपमा आवाज उठाउदैँ आइरहनुभएका अध्यक्ष गौतम व्यवसायी तथा समाजसेवीको रुपमा परिचित छन् । काठमाडौँ महानगरपालिका वडा नं. ३२ कोटेश्वरका स्थानीय समेत रहेका गौतम विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेका छन् ।
सरकारले लापरवाही गर्दाँ उपत्यकाका ४० लाख जनता मेलम्ची खानेपानीबाट वञ्चित भएका थिए । उहाँ लगायत एक टीम तयार पारी सरकारविरुद्ध लडिरहे । कहिले मेलम्ची मुहान पुगेर संघर्ष गरे त कहिले सडक आन्दोलन गरेर सरकारविरुद्ध आवाज उठाइरहे । अन्ततः सरकार मेलम्चीको खानेपानी काठमाडौँमा झार्न बाध्य हुनुपर्यो र काठमाडौँ उपत्यकाबासी ४० लाखको धारामा पानी आउन सफल भयो ।
उहाँ समुदाय टोल बस्तीहरुमा समेत समृद्ध समाज निर्माणका लागि खटिरहनुहुन्छ । उहाँ टोल समितिहरुमा समेत जिम्मेवारीमा रहनुभएको छ । कहिले व्यापारीका आवाज बुलन्द पार्न मन्त्रालय धाउनुहुन्छ त कहिले मन्त्री, राजश्व प्रमुख, कर प्रमुख, महानगरपालिका प्रतिनिधिलाई भेटेर व्यवसायीका आवाजलाई उच्च बनाउन कटिबद्ध भइ लागिरहनुहुन्छ । उहाँको योगदान व्यापारिक क्षेत्रमा अतुलनीय रहेको छ भने अन्य समाजिक कार्यमा समेत उल्लेखनीय योगदान रहेको पाइन्छ ।
व्यवसायीको आवाजमा हरि गौतमको भूमिका
२०७९ कात्तिक १८ गते नेपाल उद्योग वाणिज्य संघ काठमाडौंद्वारा वर्तमान अवस्थामा बैङ्क तथा वित्तीय संघ संस्थाहरूले धान्नै नसक्ने ब्याज वृद्धि तथा अर्थतन्त्रलाई नकारात्मक असर पर्ने खालका गतिविधिहरूको विरोधमा उहाँले संस्थाको नेतृत्व गर्दै व्यवसायीहरूलाई जम्मा गरि माइतीघर मण्डलामा १ घण्टा शान्तिपूर्ण रूपमा मौन विरोध समेत गर्नुभयो जसको फलस्वरु व्याजदर घटाउन सरकार बाध्य हुन पुग्यो ।
उद्योगी व्यापारीहरुको हकहितका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई भेटी व्यवसायीहरूका समस्याहरू लिएर उहाँले नेतृत्व गर्नुभयो ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको अगुवाइमा बैङ्कले चरम ब्याज दरका विरुद्धमा चलाएको कदमलाई समर्थन गर्न उहाँले आफुले नेतृत्व गरेको संस्था मार्फत विरोध र्यालीमा समेत सहभागी हुनेभयो ।
विभिन्न भन्सारहरूमा व्यवसायीहरूका सामानहरू मूल्याङ्कनका कारणले भन्सार नभई नाकामा नै सामान अड्किएको गुनासाहरू आएकोले वीरगञ्ज भन्सारमा डेलिकेसनकालागि उहाँ अग्रसर भएर लाग्नुभयो ।
यसैगरी जहिले पनि व्यवसायीहरूका मुद्दा बोकेर कहिले भन्सार नाका, कहिले अर्थमन्त्रालय, कहिले वाणिज्य मन्त्रालय, कहिले गृहमन्त्रालय, कहिले भन्सार विभाग, कहिले टेलिभिजनबाट प्रसारण कार्यक्रममा सबै सबैमा व्यापारी मुद्दा सुनुवाइ नभएपछि राष्ट्र प्रमुख माननीय रामचन्द्र पौडेलसमक्ष मागहरु राख्नुभयो ।