दुर्गा प्रसाइको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुने

काठमाडौं – मेडिकल ब्यावसायी दुर्गा प्रसाइको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुने भएको छ ।

राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत बिभिन्न गतिबिधि गर्दै आएका प्रसाइको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुन लागेको हो । राजाबादी र हिन्दुबादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाइ राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् ।

पुर्व राजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाइले प्रचार गरे पनि उनी भने नआउने भएका छन् । साता दिनका लागि चीतवन गएका पुर्व राजा नभए पनि प्रसाइको नेतृत्वमा आज भृकुटीमण्डपमा प्रदर्शन गर्न लागिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्