१ सय १० जना रुसी नागरिक बोकेर रोयल फ्लाइट मस्को उड्यो

काठमाडौं – काठमाडौंबाट १ सय १० जना रुसी नागरिक बोकेर रोयल फ्लाइट मस्को उडेको छ ।

रुसबाट रोयल फ्लाइट एयरलाइन्सको जहाज काठमाडौं आएको थियो । साढे १० बजे काठमाडौं अवतरण गरेको जहाज काठमाडौंबाट १२ः४० मा मस्कोका लागि उडेको हो ।

नेपालले अन्तर्रा्ष्ट्रिय उडानमा गरेको प्रतिबन्ध र आन्तरिक रूपमा घोषणा गरेको लकडाउनका कारण नेपालमै फसेका रुसका नागरिक बोकेर उक्त जहाज मस्को लागेको हो ।

युरोप र अमेरिकाका धेरै मुलुकले नेपालबाट आफ्नो नागरिक फिर्ता लगिसकेका छन् । लकडाउनयता नेपालबाट ४ हजारभन्दा बढी विदेशी चार्टर्ड उडानबाट आफ्नो मुलुक फिर्ता भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्