। रमेश बहादुर सिंह बझाङ। बझाङ जिल्लाको खष्तडछाना गाउँपालिकामा आइपर्ने आफन्त बिपत प्रयोजनमा केही राहत हुने उद्देश्यका लागि खप्तड छाना गाउँपालिका ले विपत कोष को उदघाटन गरेको छ।माघ २३गते १४औ गाउ सभाको उद्घाटन समारोह मा गाउँपालिका अध्यक्ष उतम रोकाया ले दान पेटीकाको सुभारभ गरेको हो। खप्तड छाना गाउँपालिका मा हाल्लै सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर नेपाली ले गाउँपालिका को विपत कोषमा कुनै रकम नभएको जानकारी पाएपछि नया कामको थालनि गर्ने बिपत कोष दान पेटीकाको सुरुवात गर्नुभएको हो।
गाउ सभामा सुभारम्भ गरेको दानपेटीकाको गाउँपालिका अध्यक्ष लगायत गाउँ सभा सम्पुर्ण सदस्य कर्मचारी लगाए अन्य ब्यतिहरुले आपनो गक्ष अनुसार ले दानपेटीका नगद रुपैयाँ दान गरेका थिए। गाउपालिकाको सभाहलमा राखिने दानपेटीका अब उपरान्त कुनै पनि सभा हलमा हुने बैठक तालिम गोष्ठी हरुमा दानपेटीकामा दान गरेर मात्र कार्यक्रम को सुरुवात गर्नुपर्ने प्राभ्बधान राखिएको छ। पत्येक बर्ष को एक पटक मात्र यो दानपेटीका सार्वजनिक समारोह गरेर मात्र खोल्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर नेपाली ले जानकारी दिनुभयो। यो दानपेटीकामा संकलन भएको रकमले गाउँपालिका आइपर्ने विपत व्यवस्थापन मा यो दान पेटीकाको रकम खर्चे हुने कार्यालय प्रमुख नेपालिले बताएका छन्।१४औ गाउँ सभा मा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार सम्बन्धित ऐन संशोधन तथा पास गरिएको थियो भने केही योजना हरुको योजना रकमान्तर गरिएको थियो। साथै गाउँ सभा मा यो आर्थिक वर्ष को अर्धबार्षिक कार्यपत्र प्रस्तुति गरिएको थियो। कार्यक्रम मा सुरुवात भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर नेपाली लाई स्वागत समेत गरिएको थियो। गाउँपालिका अध्यक्ष उतम रोकाया को सभा अध्यक्ष मा सन्चालन भएको गाउँ सभा मा उपाध्यक्ष बिस्नु थापा र सात वटै वडाका वडा अध्यक्ष गाउँ सभा का सदस्यहरू लगाएत पालिका का कर्मचारी र पत्रकार हरुको पनि उपस्थिति रहेको थियो।