प्रहरी जवानले गरे आफ्नै श्रीमती र छोराको हत्या

दाङ – दाङमा एक प्रहरी जवानले आफ्नी श्रीमती र छोराको हत्या गरेका छन् ।

दाङमा कार्यरत प्रहरी जवान रोल्पाका ३२ वर्षीय पिमलाल नेपालीले आइतबार बिहान २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या  गरेका हुन् । शनिवार राति घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा श्रीमती र छोरासहित बसेका उनले आइतबार बिहान सलले घाँटी कसेर श्रीमती र छोराको सलले घाँटी कसेर हत्या गरेका हुन् ।

श्रीमती र छोराको हत्या गरेर प्रहरी कार्यालयमा पुगेर उनले पटक पटक श्रीमतीले घरमा बेवास्ता गरेको भनेपछि सहन नसकेर हत्या गरेको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्