काठमाडौँ – कानुनविद् एवं विश्लेषक डा. ज्ञान बस्नेतले पन्चा सिंह अझै किन फरार रहेको भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले थप दण्डहिनता र बेथित अब यो समाज र राष्ट्रले धान्न नसक्ने भन्दै अन्य फाइलहरु पनि खुल्नुपर्ने बताएका छन् । ‘बाँसबारिको १० रोपनिको मात्रै फाइल किन ? उता बालामान्दिरको, हरिसिद्दिको ५०० रोपनि, भृकुटी कागज कारखाना, तारा गाउँ होटेल, राष्ट्रिय निकुन्ज र नेपाल ट्र्ष्ट ईत्यादी का सम्पती र जामिनको हिनामिनाको पनि फायल खुलोस्’ डा. बस्नेतले भने, ‘टेरामक्समा मुछिएकाहरु कहिले पक्राउ पर्छन ? सहकारिका अपराधीहरु अझै किन पक्राउ पर्दैन्न ? पन्चा सिंहहरु अझै किन फरार ? अरु दण्डहिनता र बेथित अब यो समाज र राष्ट्रले धान्न सक्दैन ।’ डा. बस्नेतले सामाजिक संजालमा लेखेका छन् ।