नेरुडेले ११ फागुनमा बोलायो एजीएम, लगानीकर्ताको हात खाली

काठमाडौं, १७ माघ । नेरुडे लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा गर्ने भएको छ ।

 

सभा फागुन ११ गते बस्ने भएको हो । सभा उद्योग संगठन मोरङको सभा हल, विराटनगर–२ मा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि माघ २४ गते बुक क्लोज हुनेछ । तसर्थ, माघ २३ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पनि सभामा पेश हुनेछ ।

कम्पनीले यसअघि नै लाभांश वितरण नगर्ने घोषणा गरेको थियो। त्यस कारण सभामा लगानीकर्ताहरुको हात खाली रहने छ ।

हाल नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको र अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

तसर्थ, मर्जरपछि पुनः निर्वाचन नभएसम्म हालकै सचालक समितिलाई निरन्तरता दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्