काठमाडाैँ आउदै गरेकाे रात्रिकालिन यात्रुवाहक बस दाङमा दुर्घटना, दुई जनाको मृत्यु

दाङ– दाङमा बस दुर्घटना दुई जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–१ निवासी ३६ बर्षिय भिमनाथ योगि र ठेगाना नखुलेका युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

बर्दियादेखि काठमाण्डौ जाँदै गरेको प्रदेश ३–०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका–९ रिहार नजिकै गएराती ११ बजे दुर्घटना भएको हो ।

बसमा ४७ जना सवार रहेका दुई जना घाइते भएको, अन्य यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ । बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भैरहेको छ ।

मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडी बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ ।

केहिदिन अगाडी नेपालगन्जबाट काठमाण्डौ जाँदै गरेको यात्रु बस दाङको भालुवाङ राप्ती पुलबाट खस्दा १२ जनाको घटनास्थलमै ज्यान गएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्