यस वर्षको ‘ गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ बरिष्ठ पत्रकार भण्डारीले पाउने

काठमाडौँ- यस वर्षको ‘ गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ योहो टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारीले पाउने भएका छन् ।

आइतवार सम्पादक समाज नेपालको केन्द्रीय समितिको बैठकले यस वर्षको ‘ गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ भण्डारीलाई दिने निर्णय गरिएको महासचिव श्यामकाजी डोटेलले जानकारी दिए । आगामी शनिवार नुवाकोटको सुर्यचौरमा एक कार्यक्रम गरी सम्मानित व्यक्तिहरूलाई पुरस्कार हस्तान्तरण गरी सम्मान गरिने डोटेलले बताए । उनका अनुसार ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ शरण उत्सव सापकोटालाई दिने निर्णय भएको छ ।

राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष कुलचन्द्र वाग्ले र एफ एम रेडियोमार्फत पत्रकारिता क्षेत्रमा योगदान पुर्याएकाले मण्टेश्वरी राजभण्डारीलाई समाजले सम्मान गर्न भएको छ । सम्पादक समाज नेपालको संस्थापक अध्यक्ष एवम वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा पुरस्कार स्थापना गरिएको हो । समाजले निर्माण गरेको नुवाकोटस्थित सुर्यचौरको भवनमा सम्मान कार्यक्रम हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्