ग्रीन भेन्चर्सको एजीएम वार्षिक साधारण सभा आज बस्दै, यस्ताे छ एजेण्डा

काठमाडौं, माघ ५। ग्रीन भेन्चर्स लिमिटेडको वार्षिक साधारणसभा आज बस्दैछ ।  सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबको विषयमा छलफल हुनेछ ।

साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन ।

 

सभा प्रयोजनका लागि यस कम्पनीले पुस २० गते बुक क्लोज गरीसकेको छ । तसर्थ, पुस १९ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् । सभा बानेश्वर ब्यांकेट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्