काठमाडौं, माघ ५ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको माघ ११ गते साधारण सभा बस्ने भएको छ । सभामा आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल हुनेछ । सभामा ६ जनाको बिच निर्वाचन गर्ने इन्स्योरेन्सले जनाएको छ ।
साथै सभामा सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना प्रतिनिधित्व गर्ने र सर्वसाधारण समूहको तर्फबटा २ जना प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन गर्नेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन ।
सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि यसले पुस २६ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ, पुस २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।