काठमाडौ, २९ पुस । एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले लाभांश दिने घोषणा गरेको छ । यस कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले ५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको छ ।
आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
जसअनुसार बिमा प्राधिकरण र यस कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई उक्त लाभांश वितरण प्रक्रिया अघि बढाइनेछ ।