काठमाडौं, २९ पुस । मुग्लिन–नागढुंगा आयोजनाले नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन बन्द नहुने जनाएको छ । माघे संक्रान्ति पर्वलाई लक्षित गरी आइतबार र सोमबार सो सडकखण्ड खुला गरिएको आयोजनाले जनाएको छ ।
पुस ७ गतेदेखि सो सडकखण्डमा पर्ने तुइन खोलामा पुलको जग र एप्रोच सडकको कडा चट्टानी पहाड फुटाउन दिउँसोको समयमा सडक बन्द गरिँदै आएकोमा आइतबार र सोमबार दुई दिन खुला गरिएको हो ।