पृथ्वीनारायणको आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र नीति आज पनि उत्तिकै सान्दर्भिकः देउवा

File Photo

काठमाडौं – पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना ब्यक्त गरेका छन् ।

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर आज देशैभरी बिभिन्न कार्यक्रम गरी मनाइदैँ गर्दा कांग्रेसका सभापति देउवाले शुभकामना ब्यक्त गरेका हुन् ।

‘आधुनिक नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको स्मरणमा आज उहाँको ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैछ,’ देउवाले आफनो शुभकामना सन्देशमा भनेका छन, ‘यो अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै त्यो कालखण्डमा जो जसले सहादत दिनु भयो ती सबैलाई आजको मितिमा बिशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु ।’

उनले अगाडी भनेका छन, ‘तत्कालीन समयमा छरिएर रहेका स–साना राज्यहरुलाई एकीकरण गरी सबैमा एकता कायम गर्दै आधुनिक नेपाल निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनु भएका शाहले अवलम्वन गर्नु भएका स्वावलम्वी र आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायतका कतिपय नीतिहरु आज पनि उत्तिकै सान्दर्भिक रहेका छन् ।’ सभापति देउवाले ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्रदान गर्न सकोस् भन्दै यस अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्