निर्दोष भन्दै ४६ बर्ष पछि जेलमुक्त भएका अमेरिकन अश्वेतलाई २५ मिलियन डलर क्षतिपुर्ति

न्युयोर्क, २६ पुस । आफूले नगरेको अपराधको लागि ४४ वर्ष जेलमा सजाय भोगेपछि निर्दोष र मुक्त भएका एक व्यक्तिले २५ मिलियन डलर क्षतिपुर्ति पाउने भएका छन ।

अमेरिकाको इतिहासमा नै अहिलेसम्मको दोस्रो सबैभन्दा ठूलो क्षतिपुर्ति पाउन लागेको ड्युक ल स्कूलले जवनाएको छ।

 

रोनी लङ, जो अश्वेत समुदायका हुन, उनलाई ५४ वर्षीया एक गोरी महिलालाई बलात्कार गरेको आरोप लगाइएको थियो । सन १९७६ मा सबै गोरा निर्णायकहरूले उनलाई बलात्कार र चोरीको दोषी ठहराएका थिए ।

 

तर, ४६ बर्ष जेल बसे पछि उनी निर्दोष भएको प्रमाणित भएको थियो, जुन समाचार बाहिरिए पछि विश्वभरी अमेरिक न्यायको आलोचना भएको थियो ।

 

लामो अनुसन्धान पछि सन २०२० मा उनी निर्दोष भएको भन्दै जेलसजायँ मुक्त गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्