बझाङ – बझाङको जयपृथ्वी नगरपालिकाको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । जयपृथ्वी नगरपालिकाको आयोजनामा वडा नं ११ स्थित सत्यवादी माध्यमिक बिद्यालयको खेलमैदानमा बुधबार (आज) एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गरिएको हो । आजदेखि सञ्चालन भएको प्रतियोगितामा नगरपालिका भरिका जम्मा ८ वटा सामुदायिक माध्यमिक विद्यालयको सहभागिता रहेको जयपृथ्वी नगरपालिका योजना शाखा प्रमुख बिजय रजतले जानकारी दिनुभयो । जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजाल को अध्यक्षतामा सन्चालन भएको थियो ।
एक देखि एघार वडा का वडा अध्यक्ष जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकाया सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख ८वटा बिधालयका प्रअ लगायत अन्य ब्यतिहरुको सहभागितामा प्रतियोगिता सन्चालन भएको थियो। कार्यक्रम मा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकाया ले जिल्ला लाई खेल क्षेत्रमा अगाडि बढाउन स्थानीय सरकार महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने समेत अनुरोध गरेका थिए।यो प्रतियोगिता पालिकामा महसत्ब को रुपमा सन्चालन भएको र आगामी दिनहरूमा अझै राम्रो बनाउन स्थानिय सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए। शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा छात्र – छात्रा दुबैतर्फ एथ्लेटिक्स, कबड्डी, भलिबल लगायतका खेल समावेश गरिएको बताइएको छ ।