काठमाडौं – त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि पुनः दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
इच्छुक व्यक्तिले कार्यविधिमा उल्लिखित कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । समितिले यही पुस २० गते शुक्रबार सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो । प्रावधानबारे विवाद भएपछि आइतबार रद्द भएको सूचना जारी गरिएको थियो ।
नयाँ सूचनामा कुनै प्रावधान उल्लेख नगरी ‘छनोट तथा सिफारिससम्बन्धी कार्यविधि–२०८० बमोजिम उपकुलपतिको पदमा दरखास्त दिन इच्छुक र योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ’ भनिएको छ ।