काठमाडौं, २० पुस । नेपालको दुईदिने भ्रमण पूरागरि भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्।
बिहीबार काठमाडौं आएका उनी शुक्रबार स्वदेश फर्किएका हुन् ।
नेपाल बसाइका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरूसहित विभित्र राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए भने विभिन्न बैठकमा सहभागी भए ।
स्वदेश फर्किनुअघि शुक्रबार बिहान उनले पशुपतिनाथको दर्शन गरेका थिए।