काठमाडौं, १९ पुस । चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वाइन्टबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५० ट्याब्लेटसहित बारा जितपुरसिमरा उपमहानगरपालिका-१ बस्ने ३४ वर्षीय जयराम दहाललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङगा समेतबाट खटिएको प्रहरीले बारा कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १८०३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार दहाललाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कैलालीकाे जानकी गाउँपालिका-८ बेबस्थित नगर जाने सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित लम्की चुहा नगरपालिका-१ भुरूवा बस्ने २० वर्षीय समिर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कर्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेकाे कोहलपुर नगरपालिका-१५ चौधरीयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय राम कुमार थारूलाई प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी चौकी हवल्दारपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेकै खजुरा गाउँपालिका-६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय बिनोद शाहीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।