१० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं, १९ पुस । नेपालबाट १० वर्षमा भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमतिपत्रमा दुवै देशले हस्ताक्षर गरेको छ । काठमाडौंमा बिहीबार नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

यसअघि १० वर्षमा १० हजार मेगावाट बिजुली भारतमा निर्यात गर्ने सम्बन्धमा दुवै देश सहमत भएका थिए । तर, बिहीबार हस्ताक्षर भएसँगै १० वर्षमा भारतमा १० हजार मेगावाट बिजुली नेपालले निर्यात गर्ने सहमतिमा सार्थकता पाएको छ ।

 

गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा १० वर्षमा भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमति भए पनि सम्झौतापत्रमा भने हस्ताक्षर भएको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्