निलम्बन फुकुवापछि सांसद कोइरी पहिलोपटक संसदीय समितिमा

काठमाडौं – नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी बिहीबार संसदीय समितिमा सहभागी भएका छन् ।

सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि निलम्बनमा परेका उनी निलम्बन फुकुवा भएसँगै पहिलोपटक बिहीबार संसदीय समिति बैठकमा सहभागी भएका हुन् । गत १९ वैशाखदेखि निलम्बनमा परेका कोइरी बिहीबार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उपस्थित भएका हुन् ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले यही ८ पुसमा सांसद कोइलीको निलम्बन फुकुवा गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्