३२६ स्वास्थ्यकर्मी मारिए, ३० अस्पताल ध्वस्त भए- स्वास्थ्य मन्त्रालय, गाँजा

गाजा, १७ पुस । गाजामा इजरायलको युद्धमा मृत्यु हुनेको संख्या २१ हजार ९७८ पुगेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले गाजामा इजरायलको युद्धमा कुल मृत्यु हुनेको संख्या २१,९७८ पुगेको र ५७,६९७ जना घाइते भएको जनाएको छ ।

 

विगत २४ घण्टामा मात्रै १३ इजरायली आक्रमणमा कम्तीमा १५६ जनाको मृत्यु भएको छ भने २४६ जना घाइते भएका छन् ।

 

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल कुद्राले पत्रकार सम्मेलनमा भने इजरायली हमलामा अहिलेसम्म ३ सय २६ स्वास्थ्यकर्मी मारिएका छन् ।

‘युद्ध सुरु भए यता इजरायली सेनाले १४० एम्बुलेन्स र ३० अस्पतालहरू नष्ट गरेका छन भने  करिब ९९ स्वास्थ्य कर्मीहरूलाई अमानवीय अवस्थामा गिरफ्तार गरिएको छ,’ उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्