काठमाडौ, १६ पुस
सोमबार विन्ध्यवासिनी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षीत गर्ने अन्तिम दिन रहेको छ ।
जसअनुसार विन्ध्यवासिनी हाइड्रोपावरले ५.२६% नगद लाभांश वितरण गर्ने भएको छ ।कम्पनीले गत आर्थिक वर्ष नाफाबाट उक्त लाभांश पारित गर्ने भएको छ । यस कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ र यस कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
यसैगरी सुपर मादी हाइड्रोपावरले लगानीकर्तालाई २ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। कम्पनीले गत वर्षको कर बाहेक नाफाबाट उक्त लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस हाइड्रोपावरले उक्त प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । सभा होटल इम्पेरियल बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।