काठमाडौ, १६ पुस । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
साताको दोश्रोदिन अमेरिकी डलरको खरिदबिक्री मूल्य स्थिर रहेको छ । साोमबार एकको खरिददर १३२ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४४ पैसा कायम गरिएको छ।
आइतबार पनि सोहि मूल्यमा अमेरिकी डलरको कारोबार भएको थियो ।
यस्तै, युरोपियन युरो अघिल्लो दिनको तुलनामा घटेको छ।
आज युरो एकको खरिदमा आज १४६ रूपैयाँ ६२ पैसा र बिक्रीमा १४७ रूपैयाँ २८ पैसा तोकिएको छ।
आइतबार युरो एकको खरिद मूल्य १४६ रूपैयाँ ९५ पैसा र बिक्रीमूल्य १४७ रूपैयाँ ६१ पैसा तोकिएका थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३३ पैसा घटेको हो।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर सोमबार १६९ रूपैयाँ १२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८८ पैसा तोकिएको छ।
आइतबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ १० पैसा र बिक्रीदर १६९ रूपैयाँ ८६ पैसा कायम गरिएको थियो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर भने ९० रूपैयाँ ४८ पैसा र बिक्रीदर ९० रूपैयाँ ८९ पैसा कायम गरिएको छ ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने १०० रूपैयाँ २८ पैसा र बिक्रीमा १०० रूपैयाँ ७३ पैसा तोकिएको छ ।
यस्तै, कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६० पैसा कायम छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल, युएई दिराम र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको जनाएको छ ।आज एक अरेबियन रियालको खरिदमूल्य ३५ रूपैयाँ ४२ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिददर सोमबार २८ रूपैयाँ ९१ पैसा र बिक्रीदर २९ रूपैयाँ ०४ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ३५ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ३० पैसा तोकिएको छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ९५ पैसा तोकिएको छ।