चन्द्रपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको बिरोध प्रर्दशन

अशोक कुमार पहाडी

रौतहट, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहटको चन्द्रनिगाहपुरमा विरोध प्रदर्शन गरेको छ ।

 

ललितपुरको बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका दुई जना बेरोजगार युवाको न्यायको लागि र देशमा भएका ठूला भ्रष्टाचार र बेथितिको काण्डबारे सरकारसँग प्रश्न गर्न विरोध प्रदर्शन गरिएको रास्वपाका चन्द्रपुर नगर सभापति उदय सापकोटा सुरेनले बताएका छन ।

 

विभिन्न भ्रष्टाचार र काण्ड हरुको विरोध गर्न शान्तिपूर्ण आन्दोलन गरिएको सभापति सापकोटाले बताए । एक घण्टे विरोधको कार्यक्रममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला अगाडि राखेर ठूला काण्डका प्रश्न लेखिएका प्लेकार्ड राखेर विरोध प्रदर्शन गरिएको थियो ।

 

रास्वपाका नेता कार्यकर्ताहरुले सरकार जवाफ चाहियो भन्दै प्रश्न सोधेका छन । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने? ललिता निवास काण्डमा दोषी उम्काउने? सुन काण्डमा तस्करहरू रोजी रोजी जोगाउने ? एनसेल प्रकरणमा मिलेमतो गरी राज्यलाई ठग्ने? टेराम्याक्स घोटालामा संलग्नलाई कारबाही नगर्ने? वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरि बन्धु काण्डका फाइल थन्क्याउने ? नारायणघाट –बुटवल, मुग्लिन– पोखरा लगायतका सडकहरू वर्षौँ अलपत्र पारि जनतालाई धुलोमा डुबाउने ? प्रधानमन्त्री र मन्त्री भने करोडौँ खर्चमा जहाजमा विदेश, हेलिकप्टरमा स्वदेश सयर गर्ने ? दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने? भन्दै प्रश्न गरेका छन । देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको छ। पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौ भन्दै सो पार्टीले कार्यक्रम गरेको छ ।

 

कार्यक्रममा रास्वपाका रौतहट ४ क्षत्रिय सभापति जनक राज भारती, चन्द्रपुर नगर सभापति उदय सापकोटा सुरेन लगाएत उक्त पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्