चन्द, थापा र लोहनीले एउटै मंचमा, राष्ट्रबादी शक्ति एकै ठाउँमा आउनुपर्नेमा जोड

काठमाडौं, १४ पुस । स्वर्गीय राजा वीरेन्द्रको ७९ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा पुर्ब प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द,राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा निर्देशन समितिका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले एउटै मंचमा उभिएर राजा बिरेन्द्रको स्मरण गरेका छन् ।

 

उनीहरुले देश विकास र प्रजातन्त्र सुदृढीकरणका लागि चालिएका कदमबारे उनिहरुले चर्चासमेत गरेका छन् ।

 

राप्रपा नेपालद्वारा आज काठमाडौंमा आयोजित ‘स्व. वीरेन्द्रः एक बहुआयामिक व्यक्तित्व’ विषयक विचार गोष्ठिमा सहभागीले सन्तुलित कूटनीतिक माध्यमबाट  अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवी प्रवर्द्धनमा उनको  भूमिका महत्वपूर्ण रहेको चर्चा गरेका छन्  ।

 

विस २००२ मा जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको घटनामा उहाँ सहितपरिवारको वंशनास भएको थियो । नेपालको शाह वंशीय  इतिहासमा उक्त घटनालाई रहस्यपूर्ण घटनाका रुपमा हेरिदै आएको छ ।

 

कार्यक्रममा बोल्दै पुर्ब प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र बिकासको दृष्टिकोणबाट हेर्दा स्वर्गीय राजा बिरेन्द्रको भुमिका र योगदान अतुलनिय रहेको बिचार ब्यक्त गरे । राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राख्ने राजा बिरेन्द्र भएको भन्दै देश भित्रका शक्ति बिचको एकतामा राजा बिरेन्द्रले बिशेष जोड दिने गरेको बताए ।

 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राजनीतिक इतिहासमा मुलुकको आधुनिकीकरण र प्रजातन्त्रको जगलाई बलियो बनाउन राजा वीरेन्द्रबाट महत्वपूर्ण योगदान भएको बताए ।

 

अध्यक्ष थापाले भने “राष्ट्रवादी, विकासप्रेमी र लोकप्रिय राजा वीरेन्द्रबाट अन्तर्राष्ट्रिय समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न अतुलनीय योगदान भएको छ । पूर्वपश्चिम राजमार्गको पूर्णता, औद्यागिक विकास, अर्थतन्त्र सुदृढीकरण र जिल्ला सदरमुकामा सडक जोड्ने उहाँको सोच र कार्य महत्वपूर्ण छ ।”

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्देशन समितिका अध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले देश विकास र सन्तुलित परराष्ट्र नीतिका लागि राजा वीरेन्द्रले देखाएको बाटो अध्ययन गर्न सरकार र राजनीतिक शक्तिलाई सुझाव दिए । लोहनीले भने  “राजा वीरेन्द्रले मुलुक सानो छ भन्ने मनोभावना कहिलै नबोक्न र विदेशीसँग हुने भेटवार्ता तथा छलफलमा राष्ट्रिय स्वार्थलाई निर्धक्क अघि राख्न निर्देशन हुन्थ्यो । आज त्यो कुराको कमी देखिन्छ ।”

 

कार्यक्रमका राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष रत्नशमसेर राणा र परराष्ट्रबिद डाक्टर निश्चलनाथ पाण्डेले इतिहासको अध्ययन नगरी वर्तमानबारे बुझन नसकिने हुँदा राजा वीरेन्द्रबाट भएका कतिपय महत्वपूर्ण योगदानबारे आमनेपाली जनताले जान्न र थाहा पाउन जरुरी रहेको बताए ।

 

सहभागीहरुले राजा वीरेन्द्रले अमेरिका, रुस, चीन र भारतलाई सन्तुलित कुटनीतिकका माध्यमबाट मिलाएर देश विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा छवी उझिल्याउन ठूलो योगदान भएको चर्चा गर्दै औद्योगिक विकासका माध्यमट देशलाई आर्थिक समृद्धिमा पुर्‍याउने सोच देशहितको पक्षमा रहेको समेत टिप्पणी गरे।

 

राप्रपा नेपालद्वारा आयोजित कार्यक्रममा राप्रपाका नेताद्वय चन्द र लोहनीको उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ भने । कार्यक्रममा लोहनीले राष्ट्रबादी शक्तिहरु अझ विशेष राप्रपाहरु एकै ठाउँमा बस्ने बाताबरण निर्माण गर्नुपर्नेमा जोड दिएका दिएका छन् ।

 

प्रत्युत्तरमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश, बिचार र समृद्धिको लागि राष्ट्रबादी शक्ति एकै ठाउँमा हुनुपर्ने आबश्यकता औल्याउँदै कमि कमजोरीलाई सबैले सुधारेर फराकिलो भई अघि बढ्नु पर्ने आबश्यकता औल्याए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्