कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै गरेको प्रदर्शनमा गोली लागेर दुइ जनाको मृत्यु

काठमाडौं – कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ललितपुरको बालकुमारीमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालयअगाडि गरिएको प्रदर्शनमा गोली लागेर दुइ जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेक घाइते  भएका दैलेखका २३ वर्षीय सुजन राउतको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने डोटीका २२ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको छ । शाहको बायाँ खुट्टाको घुँडामा गोली लागेको हो ।

दैलेखका राउतको भने गोली नलागेको र छातीमा अन्य नीलडामहरु देखिएको छ ।

ईपीएसका लागि आवेदन फाराम भर्न नपाएको भन्दै केही युवाको समूहले शुक्रबार कोटेश्वर भन्दा २०० मिटर पश्चिमतर्फ रहेको ललितपुरको बालकुमारीमा प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा.२झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए ।

यसैक्रममा मन्त्रीको गाडीमा आगजनी गर्ने १८ जनालाई पक्राउ गरेको र घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्