अफ्रिका, ७ पुस । मध्य अफ्रिकी गणतन्त्रको उत्तरपश्चिममा बिहीबार भएको सशस्त्र आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
साथै, सो घटनामा परी दर्जनौं बढी घाइते भएका स्थानीय अधिकारीहरूले बताएको सिजिटिएनले जनाएको छ ।
लिम पेन्डेको उप प्रान्त नागउन्डीको नाजकाउन्डगाउँमा रहेको सेन्ट्रल अफ्रिकी सशस्त्र बल (एफएसिए) को एक चौकीमा बिहीबार बिहान सशस्त्र व्यक्तिहरूले आक्रमण गरेका हुन ।
जुन आक्रामणमा परी २१ जना सर्वसाधारण र एक सशष्त्र प्रहरीका सदस्य सहित २२ जनाको मृत्यु भएको हो ।
सो घटनामा परी अन्यलाई चोटपटक लागेका एफसिएका अधिकारी अर्नेस्ट बोनाङले जानकारी दिए ।