भक्तपुरमा एभरेस्ट स्टीम एक्जीविसन

भक्तपुर, ४ पुस । कक्षा कोठा तथा प्रयोगशालामा सिकेको ज्ञान र सिपलाई अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारका सामु प्रस्तुत गरिएको एभरेस्ट स्टीम एक्जीविसन मंगलबार भक्तपुरमा सम्पन्न भएको छ ।

 

एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको उक्त प्रदर्शनीमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले निर्माण गरेका विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग, कला, गणित (स्टीम) लगायतका विधासँग सम्बन्धित सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए । बिहान १० बजेदेखि शुरु भएको प्रदर्शनी दिउँसो २ बजेसम्म चलेको थियो ।

 

आफ्नो ज्ञान र सिपलाई कलाको रूपमा प्रदर्शनी र प्रस्तुती दिन पाउँदा विद्यार्थीहरू निकै उत्साहित देखिन्थे । प्रदर्शनीले विद्यार्थीमा सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानको साथै आत्मविश्वास समेत बढेको पाइयो । आफ्ना नानीहरुको सिप तथा कलालाई प्रदर्शनीमा देख्न पाउँदा अभिभावकहरू दङ्ग परेको पाइयो । अवलोकनपछि आगन्तुक तथा अभिभावकको सकारात्मक टिप्पणी र सुझावले सिङ्गो विद्यालय परिवार निकै उत्साहित भएको स्कुलले जनाएको छ ।

प्रदर्शनीको समापन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले प्रदर्शनीमा उपस्थित भई हौसला बढाउनु हुने अभिभावक तथा आगन्तुक, प्रत्यक्ष सहयोग पुयाउने शिक्षक तथा कर्मचारी, आफ्नो ज्ञान, कला, सिप र क्षमता प्रदर्शन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद दिए । उनले आगामी दिनहरुमा अझ उच्चस्तरको प्रदर्शनी गर्न प्रोत्साहन मिलेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्