काठमाडाैं – नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज दिउँसो बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बोलाइएको पार्टी कार्यालयले जनाएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेको पुस १० गते एक वर्ष पूरा हुँदैछ सोहि विषयमा पनि सरकारले गरेको कामको समीक्षा हुनेछ ।
आजको बैठकमा माघ ११ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचन, सरकारको कामको मूल्याङ्कन र पार्टीको अभियानको समीक्षा हुने छ ।
राष्ट्रिय सभामा २० सांसद्हरूको पदावधि सकिँदैछ। सत्ता गठबन्धनले भागबन्डा गरेर उम्मेदवारी दिने तयारी गरेका छन्। यद्यपि सत्ता साझेदार दलबीच कसले कति संख्या पाउने भन्ने तय नभएकाले आज मापदण्डबारे छलफल हुने माओवादी केन्द्रले जानकारी दिएको छ ।