महिला उद्यमी महासंघ नेपालद्वारा पश्चिम नवलपरासीमा महिला उद्दमी संघ गठन

काठमाडौँ – महिला उद्यमी महासंघ नेपालले पश्चिम नवलपरासीमा संगठन विस्तार गरेको छ । केन्द्रिय अध्यक्ष शोभा ज्ञवालिको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा महिला उद्दमी संघ गठन गरेको छ ।

दुर्गा कोईरालाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ जसमा २ जना सदस्यपछि थप गर्ने गरि समिति घोषणा गरेको हो ।

हालसम्म ६३ जिल्लामा महिला उद्दमी संघ गठन गरि सकिएको छ । अझै सबै जिल्ला संघ गठन गर्ने गरि तयारी गरिएको छ । महासंघमा ५ हजार २ सय बढि लघुउद्यमी महिला आबद्ध रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्