काठमाडौं, १ पुस । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ ।
धुम्बाराहीस्थित एसआर बैंक्वेटमा आइतबारबाट सुरु भएको बैठक आगामी पुस ३ गतेसम्म जारी रहनेछ ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा विषयमा ब्रिफिङ् गरेका छन् ।
बैठकमा महामन्त्री डा.धवलशम्सेर राणाले बृहद आन्दोलन सम्बन्धि कार्ययोजना, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदार बहादुर अधिकारीले सचिवालय सम्बन्धि प्रतिवेदन पेश गरेका छन् ।
बैठकमा अहिले प्रदेश प्रमुखहरुले आ-आफ्नो प्रदेशको प्रतिवेदन पेश गरिरहेका पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।