क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई बराबरीमा रोक्यो

काठमाडौँ, १ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीलाई क्रिस्टल प्यालेसले बराबरीमा रोकेको छ ।

 

 

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस २-२ गोलको बराबरीमा रोकिएका हुन् ।

 

खेलमा म्यानचेस्टर सिटीले २-० को अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो ।

 

क्रिस्टल प्यालेसले खेलमा २-० ले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल बराबरी गर्दै सिटीसँग अंक खोसेको थियो ।

 

म्यानचेस्टर सिटीका लागि ज्याक ग्रीलिशले खेलको २४औं र रिको लेविसले ५४औं मिनेटमा गोल गरेका थिए । त्यसपछि प्यालेसका लागि खेलको ७६औं मिनेटमा जीन फिलिप माटेटाले पहिलो गोल घरेका थिए भने खेलको ९५औं मिनेटमा माइकल ओलीसले पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए ।

 

यो बराबरीपछि सिटी उपाधि दौडमा पछाडी पर्दै गएको छ । यो खेलपछि सिटीको १७ खेलमा ३४ अंक भएको छ र शिर्ष स्थानमा रहेर एक खेल कम खेलेको लिभरपुलभन्दा ३ अंकले पछाडी रहेको छ । सिटी अहिले चौथो स्थानमा रहेको छ ।

त्यसैगरी क्रिस्टल प्यालेसको भने यो बराबरीपछि १७ खेलमा १७ अंक भएको छ र लिगमा १५औ स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्