मधेश प्रदेशमा लागुऔषध अपराध भयाबह, महाेत्तरी पछि पर्सामा बढी अपराध

महोत्तरी, ३० मंसिर ।  महोत्तरी बर्दिवासका युवराज फुयालको जिन्दगी काठमाण्डौ बसुन्जेल राम्रै चलेको थियो । २०६५ सालमा अङ्ग्रेजी विषयमा मास्टर डिग्री सकाए पछी उनी बर्दिवास फर्किए । बर्दिवासमा पुराना विधालयका साथीहरुसगँको संगतले सुरुमा फुयालले गाजा तान्न सिके । बिस्तारै-विस्तारै लागुपदार्थको दुर्व्यसनको दलदलमा भासिदै गए ।

 

`यो गलत हो भन्ने चै लाग्थ्यो तर म यसरी यस्को नशामा डुबेछु कि निस्कनको लागी निक्कै समस्या बन्यो,´ ३९ बर्षिय फुयालले भने, `१३ बर्षसम्म यही दलदलमा भासिए पछी झण्डै २ बर्षदेखी पुर्ण रुपमा मुक्त भएको छु ।´

 

अहिले फुयाल काठमाण्डौको एक विद्यालयमा अध्यापन गराउँछन । काठमाण्डौलाई कर्मभुमी बनाए तापनी लागुपदार्थ दुर्व्यसनको चाहेर वा नचाहेर नशामा डुबेका किशोरहरुलाई  पुनःस्थापन गराउनुपर्छ भन्ने उदेश्यले फुयालले अहिले महोत्तरीमा अभियान सुरू गर्न खाेजेका छन् ।्र

 

`१३ बर्षसम्म मैले मात्र पिडा भोगेको छैन त्यो भन्दा ठुलो पिडा मेरो परिवारले भोगेको छ,´ फुयाँलले पुराना दिन सम्झदै भने, `नशा पनि एक प्रकारको रोग हो, अझ भनौ यो मेन्टल डिजेज हो, त्यसैले यसकाे उपचार हुन्छ भन्ने भावना जगाउँनु छ ।´

 

नशावाट मुक्त भइसके पछी पनि सामाजिक र पारिवारिक बिभेदका कारणले कतिपय पुरानो अवस्थामा नै फर्किएको फुयाँलको भनाई छ । यसका लागी सबै जनाको सहयोग जरुरी हुने उनकाे बुझाई छ ।

 

`मनदेखी छाडने प्रतिज्ञा गर्ने हो भने कुलतवाट मुक्त बन्न सकिन्छ,´ फुयालले आफ्नो अनुभव सम्झदै भने, `परिवारलाई दिएको दु:ख सम्झदा अहिलेपनी आत्मग्लानी हुन्छ ।´

 

फुयालको जस्तै १० बर्षसम्म यहि कुलतको नशामा रन्जित बस्नेत पनि डुबेका थिए । बस्नेतले आफुसगैँ लागुपदार्थ प्रयोग गर्ने ९ जना साथीभाइलाईसमेत गुमाए । कतिपय दुर्घटनामा परे भने कतिपय अहिले पनि अंगभंगकाे अवस्थामा छन् ।

 

लागुपदार्थ प्रयोग गर्न कै लागी बस्नेतले साथीहरुसगैँ मिलेर कयौपटक चोर्ने, घर परिवारलाई दु:ख दिने गरेको अहिले पनि झलझल्ती सम्झि रहन्छन् ।

 

`वास्तबमा नशामा डुवेपछी मैले भरोसा मात्र गुमाइन सामाजिक तिरस्कार पनि भोगे,´ बस्नेतले भने, `मलाई के लाग्छ भने स्थानिय सरकारले लागुपदार्थ न्युनिकरणको लागी हामीलाई जिम्मेवारी देओस ।´

 

 

एउटा ब्यक्ती नशामा कसरी डुब्छ अनि  लामो समयसम्म कसरी भासिन्छ भन्ने बस्नेतलाई राम्रोसगँ थाहा छ । त्यसैले दुर्व्यसनमुक्त समाज निर्माणको लागी सरोकारवालाहरुले आफुहरु जस्तो पुर्व प्रयोगकर्तालाई अभियन्ता बनाउनुपर्ने बताउदै लागुपदार्थको मेन्टल डिजेजको उपचार र  न्यूनीकरण गर्न धेरै काम गर्न सकिने उनी बताउँछन् ।

 

लागुपदार्थ दुर्व्यसनको जालो खुल्ला सिमा नाकाकै कारण समस्या बनेको बस्नेतको बुझाइ छ । `किशोरकिशोरीहरुलाई मात्र सुरक्षाकर्मीहरुले पारी किन जादैछन भन्ने बिषयमा चासो दिएर कडाइ गर्ने हो भने लागुपदार्थको समस्या आधा हुन्छ,´ बस्नेत भन्छन् ।

 

सवैभन्दा ठुलो त म सुध्रिन्छु भन्ने प्रतिज्ञा चाहिने फुयाल र बस्नेतको अनुभव छ । उनिहरु त मधेशका प्रतिनिधि उदाहरण मात्र हुन । उनिहरु जस्ता हजारौजना कोही पुन:स्थापित भएका छन भने कतिपय सामाजिक र पारिवारिक  तिरस्कारका कारण पुरानो अवस्थामा फर्किएका कयौ उदाहरणहरु छन ।

 

दुर्ब्यसनको दलदलमा फसेर पुनःस्थापित भएका बस्नेत र फुयालजस्ता युवाहरुको  खोजी गरि मनोपरामर्शदाताको रुपमा तयार गर्ने हो भने पनि लागुपदार्थ न्यूनीकरण हुन सक्ने बिज्ञहरु बताउँछन् ।

 

`किन भने दुर्व्यसनमा फसेकाहरुलाई उनीहरुले नै पहिचान गर्न सक्छन,´ मधेश प्रदेशका पुर्व गृहमन्त्री भरत साहले भने, `अभियानकर्मीको रुपमा निगरानी गरेर पुन:स्थापित भएकाहरुलाई नै परिचालन गर्नुपर्छ ।

´

तर मधेशमा बस्नेत र फुयालजस्ता दुर्व्यसनवाट मुक्त भएका हजारौ युवाहरुलाई सामाजिक पुनःस्थापना कसरी गराउन सकिन्छ भन्ने सरोकारवालाहरुको ध्यान पुग्न सकेको छैन । त्यसैका कारण पनि मधेशमा दुर्व्यसन भयावह अवस्थामा फैलदै गएको विभिन्न तथ्यहरुले पुष्टि गरेका छन् ।

 

यस्ता बिषयहरुलाई ध्यान दिन नसक्दा मधेश प्रदेश लागुपदार्थ कै कारण अपराधमय बन्दै गएको प्रहरी कै तथ्यांकले पुष्टि गरेको छ । प्रहरीका अनुसार ८० प्रतिशत भन्दा बढी अपराध लागुपदार्थसगँ जोडिएका छन् । हत्या, हिंसा, अपहरण, जवर्जस्त करणी जस्ता घटनाहरु लागुऔषध कै कारण घटेता पनी पछि मुद्दाको रुपमा अन्य शिर्षकमा परिणत हुने गरेको पाईएको छ ।

 

गत आर्थिक बर्ष २०७९ को लागुऔषध सम्बन्धी तथ्यांक हेर्ने हो भने पनि निक्कै भयावह छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार मधेशमा लागुऔषध कै कारण १३ सय ४ जना मानिस पक्राउ परेका छन । सोही अवधीमा ५६ सय ८३ किलो गाँजा, ४९ ग्राम ब्राउन सुगर, २५० किलो चरेस, ७१२ ग्राम हिरोइन, ६६ हजार ८ सय ६५ पिस ट्यावलेट, ८ हजार २ सय २८ बोत्तल, ६२ हजार ९ सय ६ पिस इन्जेक्सन बरामद भएको थियो ।

 

यी तथ्यांकहरुले पनि मधेश लागुऔषध कै कारण कसरी आक्रान्त बन्दै छ भन्ने प्रष्ट बनाउछ । मधेशका ८ वटा जिल्ला मध्य महोत्तरी थप यसकै कारण भयावह बन्दै गएको बिभिन्न  तथ्यांकहरुले पुष्टि गर्दै आएका छन ।

 

प्रहरी उपरिक्षक तथा महोत्तरीका प्रमुख  प्रकाश मल्लका अनुसार आर्थिक बर्ष २०७७/७८ देखि २०८० सम्म १९८ वटा लागुपदार्थसगँ जोडिएका मुद्दाहरु जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन । यी मुद्दाहरुले मात्र जम्मा मुद्दाको २० प्रतिशत हुन । यसैसगँ समबन्धित यो अवधीमा २६४ जना भन्दा बढी पक्राउ परेका छन ।

यसको साथै प्रहरिले थुप्रै लागुपदार्थहरु बरामत गरेको छ । जसमध्ये ५ हजार ४ सय ५४ ट्यावलेट, १३ सय ८० बोत्तल र १०१ इन्जेक्सन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांक छ।

 

महोत्तरी पछि लागुऔषध कारोवार तथा प्रयोगकर्ताका हिसावले पर्सा जिल्ला दोश्रो बनेको छ । आर्थिक बर्ष २०८० को यो मंसिरसम्म आईपुग्दा पर्सामा ९६ जना पक्राउ परेका मध्ये ६८ जनालाई त मुद्दा  नै चलाईएको छ । यो अवधीमा १९६ किलो गाँजा, ४७ किलो चरेस, १५ किलो हिरोईन, ३६ सय ११ वटा ट्याव्लेट, ५ हजार ४ सय ४० बोत्तल र १३ सय ९४ इन्जेक्सन बरामद गरेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

 

त्यस्तै लागुऔषध बरामद गरेको र सम्बन्धित मुद्दाका आधारमा महोत्तरी र पर्सा पछि सर्लाही, धनुषा, सिरहा, बारा, सप्तरी र रौतहट देखिएका छन ।खुल्ला सिमाना र सुरक्षाकर्मीहरुको कडा निगरानीका कारणले लागुऔषधकै कारण मधेश अपराधमय बनेको आरोप लागीरहेको वेला प्रहरीहरु नवपर्वतन अभियानमा लागेका छन । नवपर्वतन अभियान अन्तर्गत मधेशमा लागुऔषध समबन्धी क्याम्पियनमा जुटेका छन ।

यसरी जुटदै छ प्रहरी एण्टी ड्रग क्याम्पियनमा

मधेशमा लागुपदार्थ भयावह बन्दै गएपछी प्रहरी नै विभिन्न अभियानमा जुटेको छ । जसअनुसार मधेश प्रदेश प्रहरीले  गत आईतवार एक कार्यक्रमका विच लागुपदार्थ रोकथामको लागी मुख्यमन्त्री सरोज यादवको उपस्थितिमा मधेशमा उक्त अभियानको औपचारिक सुभारम्भ गरेको छ ।

 

साउनको पहिलो हप्तावाट महोत्तरीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक प्रकाश मल्लले सुरुवात गरेको अभियान निक्कै नतिजामुखी बने पछी मधेश प्रदेश प्रहरीले ८ वटै जिल्लामा उक्त क्याम्पियनको शुभारम्भ गरेको हो । अभियानका क्रममा लागुपदार्थ ओसारपसार देखि प्रयोगकर्तालाई पहिचान गर्ने र मनोपरामर्शकोरुपमा क्याम्पियनहरु समेत संचालन गर्ने मधेश प्रदेश प्रहरीले जनाएको छ ।

 

प्रदेश प्रहरी प्रमुख जनक भट्टराईका अनुसार सिमा नाकामा कडाई गर्नेदेखी लिएर प्रत्येक जिल्लाका नाकामा अत्याधुनिक परिक्षण मेसिन समेत प्रदेश सरकारसँग माग गर्ने वताएका छन ।

 

बिशाल बस्नेत/न्युज कारखाना

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्