काठमाडौँ, २७ मङ्सिर । दक्षिण अफ्रिकाले जारी टी-२० सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई डीएल मेथड अनुसार ५ विकेटले पराजित गरेको हो ।
बर्षाले प्रभावित खेलमा भारतले १५ ओभरमा दिएको १५२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३.५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।
यसअघि भारतले पहिला ब्याटिंग गर्दै १९.३ ओभरमा ७ विकेट गुमाउदै १८० रन बनाएपछि खेल बर्षाले रोकिएको थियो । त्यसपछि खेल १५ ओभरमा घटाएर दक्षिण अफ्रिकालाई १५२ रनको लक्ष्य दिइएको थियो ।
यसअघि सिरिजको पहिलो खेल बर्षाले रद्ध भएको थियो । यो जितपछि ३ खेलको सिरिजमा दक्षिण अफ्रिका १-० ले अगाडी भएको छ ।
अब सिरिजको तेस्रो खेल विहिबार हुदै छ ।