काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिले देशलाई महामारीबाट बचाउनु प्रमुख दायित्व भएको बताएका छन् ।
सोमबार नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले भने भनेका छन् ‘देशलाई महामारीबाट बचाऔं, बाँकी बहस पछि गरौंला ।’ उनले महामारीविरुद्धको लडाई सबै एकजुट भएर मात्र लड्न सकिने बताए ।
उनले कोरोना भाइरसको महामारीविरुद्ध अग्रपंक्तिमा रहने चिकित्सक र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको प्रत्याभूति सरकारले गर्ने बताएका छन् । ‘उहाँहरुको स्वास्थ्यको प्रत्याभूति गराउन सरकार अत्यन्त सचेत छ’ मन्त्री ढकालले भनेका छन् ‘व्यक्तिगत सुरक्षा सामग्रीलगायत सुरक्षा सामग्री यथेस्ट मात्रामा पुर्याउन लागिपरेका छौं ।’






