काठमाडौं – राप्रपा नेपालको केन्द्रीय समिति बैठक आगामी मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ। बैठकमा अध्यक्ष कमल थापाले मुकुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको बैचारिक , सांगठानिक र रणनीतिक कार्यदिशा बारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने तय भएको छ ।
पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकमा राजसंस्था र हिन्दुराष्ट्र पक्षधर तथा संघीयता खारेजी चाहने बीच मोर्चा निर्माण गरि जनआन्दोलनमा जाने कार्ययोजना समेत प्रस्तुत गरिने छ । यसै गरि बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालयको प्रतिबेदन , संगठन बिभाग प्रमुख राजाराम बर्तौलाले संगठन सम्बन्धि प्रतिबेदन ,कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिबेदन समेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
यो प्रत्येक तीन/तीन महिनामा बस्ने नियमित बैठक भएको समेत महामन्त्री बर्तौलाले जानकारी दिए । २५ गते दिउँसो उपत्यका स्तरी बृहत् कार्यकर्ता भेला गरि बैठक समापन हुने पार्टीले जनाएको छ ।