जनकपुरधाम, १० मंसिर । धनुषाको सबैला नगरपालिकाले कार्तिक पूर्णिमाको अवसरमा भोली विदा दिएको छ।
नगरप्रमुख कारीराम यादवले पूर्णिमा मेलाको अवसरमा सोमवार विदा दिएको सूचना जारी गरेका हुन्। सोमबार नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा एक दिनका लागि स्थानीय विदा रहने सूचनामा उल्लेख छ।
धनुषा र सिरहा जोड्ने कमला नदीमा पूर्णिमा अवसरमा विशाल मेला लाग्छ।