काठमाडौै, १० मंशिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुर्ब राजा ज्ञानेन्द्र शाहको आलोचना गर्ने प्रति आक्रोश ब्यक्त गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतले राजा प्रति गरेको सार्बजनिक टिप्पणी प्रति उनले आक्रोश ब्यक्त गरेका हुन् ।
थापाले राजसंस्था प्रति देखिएको जनमतको कदर गर्न पनि अनुरोध गरेका छन् ।
`प्रचण्ड, ओली, गगनहरुको राजाप्रतिको धम्किपूर्ण बर्बराहटले प्रष्ट पार्छ-राजसंस्थाको पक्षमा देखिएको जनमतबाट उनीहरु त्रशित र आतंकित छन्,` उनले भनेका छन, `उनीहरु साच्चिकै लोकतन्त्रवादी हुन भने जनभावनाको कदर गर्दै राजासहितको प्रजातन्त्र स्थापना गर्ने साहस देखाउन आग्रह छ। अन्यथा, समयले उनीहरुलाई पछाडी छोड्नेछ ।´