काठमाडौँ, ९ मङ्सिर । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना रायो भल्लेकानोसँग बराबरीमा रोकिएको छ ।
शनिबार सम्पन्न खेलमा बार्सिलोना रायो भल्लेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
रायो भल्लेकानोले खेलको ३९औं मिनेटमा उनै लोपेजको गोलमा अग्रता लिएको थिएको थियो । तर खेलको ८२औं मिनेटमा भल्लेकानोकै खेलाडी फ्लोरियन लेजेउनेले आत्मघाती गोल गरेपछि खेल बराबरी भएको थियो ।
यो बराबरीपछि बार्सिलोनाको १४ खेलमा ३१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरी भल्लेकानोको १४ खेलमा १९ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।