काठमाडौं – विश्वकप क्रिकेट अन्तर्गत आज भईरहेको फाइनल खेलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर पहिला बलिङ रोजेको अष्ट्रेलियाले सबै विकेट गुमाएर ५० ओभरमा २४० रन बनाउन सक्यो ।
११ ओभर जारी रहदा ८६ रन हुँदा ३ विकेट गुमाएर दबाबमा परेको भारतलाई विराट कोहली र केएल राहुलले खेललाई केही सतहमा पुगाएका थिए ।
भारतका ओपनरद्वय शुभमन गिल ४ तथा रोहित शर्मा ४७ रनमा आउट भए भने कोहली ५४ र राहुल ६६ रनमा आउट भए ।
यस्तै श्रेयश ऐयर पनि ४ रन बनाउँदै आउट भए ।